पूर्वप्रधानमन्त्री खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण



access_time 04 Aug 2021

काठमाडौं- पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।         

केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।       

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको भट्टराईले बताए। अब केही समय खनाल अस्पतालमै रहने र आराम भए पश्चात नेपाल फर्किने उनले जानकारी दिए। 



Share Your Thoughts