माइतीघरमा ‘नागरिकताविहीन नेपालीहरू’ समूहकाे धर्ना



access_time 04 Aug 2021

काठमाडौं ।  नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै ‘नागरिकताविहीन नेपालीहरू’ समूहले काठमाडौंको माइतीघरमा धर्ना दिएको छ ।

समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिएका हुन् । नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्‍वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरूले माग गरे।   

प्रर्दशनमा सहभागीहरूले आफूहरूले नागरिकता नपाएको भन्दै युवाहरूले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत सरकारसँग माग गरेका थिए ।

संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता नपाउँदा आफूहरू राज्यविहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको धारणा छ । 

नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरूले जनाएका छन् । 



Share Your Thoughts