एमालेको माधव नेपाल समूह पनि सहभागी



access_time 01 Aug 2021

काठमाडौैं । पाँच दलीय सत्ता गठबन्धनमा नेकपा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने भएको छ ।  माधव नेपाल निकट श्रोतका अनुसार सो समूह तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने निष्चित भएको हो । सरकारमा सहभागी हुनेहरुमा बेदुराम भुसाल, बिरोध खतिडा र रामकुमारी झाँक्रीको नाम छ । यद्यपी मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको पश्चगामी कदमलाई सर्वोच्च अदालतले उल्ट्याएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको पाँच दलिय सरकारमा जनता समाजवादी पार्टी (जसपा)लाई पाँच मन्त्रालय, नेकपा माओवादी केन्द्रलाई ६ मन्त्रालय (जसमा जनार्दन शर्मा प्रभाकर, पम्फा भुसाल मन्त्री भइसकेका छन्), केही स्वतन्त्र दल, राष्ट्रिय जनमोर्चा लगायत सरकारमा सहभागी हुने छन् ।



Share Your Thoughts