बिप्लव र प्रम देउवाबीच भेटवार्ता



access_time 21 Jul 2021

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ ।

 भेटमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिको स्वामित्व वर्तमान सरकारले लिनुपर्ने र सो सहमति कार्यान्वयन गर्दै बन्दीहरुलाई तत्काल रिहा गर्नु पर्नेमा जोड दिंदै बन्दीहरु रिहा गर्न राजनीतिक , संबैधानिक र कानुनि जटिलता भए तत्काल ती समस्याको हल गरी बन्दीहरुलाई रिहा गर्नुपर्ने प्रस्ताव गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आइ सकेकोले बन्दि रिहा गर्न कुनै समस्या नभएको भन्दै दलहरुसंग बैठक र परामर्श गरेर यस्ता समस्याको समाधान गर्ने जनाएका थिए।

नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको यो भेटवार्ता सौहार्द्ध , सकारात्मक र उपलब्धिमुलक भएको र आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति समेत भएको जनाइएको छ।

सो भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोलासमेत सहभागी भएका थिए।



Share Your Thoughts