ओलीपक्षीय एमालेले संविधानको धारा ७६(५) संशोधनको पहल गर्ने



access_time 21 Jul 2021

काठमाडौं / नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ को ५ लाई सच्याउन ९संशोधन गर्न० पहल गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वोच्च अदालतले २८ असारमा सुनाएको फैसलामा धारा ७६ को उपधारा ५ का सन्दर्भमा गरिएको ब्याख्या  निर्दलीयतालाई प्रसय दिने खालको भएकाले त्यसलाई संशोधन गर्नेसहितको प्रस्ताव पारित भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ४ वटा ‘विशेष’ प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए। बुधबारको बैठमा सर्वोच्चको असार २८ गतेको फैसला, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ४१ महिनाको समीक्षा, संसदमा प्रतिपक्षीको रुपमा पार्टीको भूमिका र आन्तरिक विवादका सन्दर्भमा पेस भएका प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए।



Share Your Thoughts