नवनियुक्त स्वास्थ्य मन्त्री तामाङले गरे आपःनो सम्पत्ति सार्वजनिक



access_time 10 Jun 2021

काठमाडौं/नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ। काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा तामाङको जग्गा रहेको छ। 

मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको रहेको विवरण छ।  तामाङको  नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ। काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ। सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ। 



Share Your Thoughts