सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाए



access_time 09 Jun 2021

काठमाडौँ/सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएका छन् ।समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपस्थितिका लागि लिखित निमन्त्रणा पठाएका हुन् ।

सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीसहित प्रधानमन्त्रीलाई पनि बैठकमा बोलाएका हुन् ।

बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएसँगै बैठक बोलाउन दबाब परिरहेको बेला सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।




Share Your Thoughts