अमिक शेरचन :'म पहिले नै राजीनामा बुझाउन गएको थिएँ,तर प्रचण्डले रोके'



access_time 04 May 2021

काठमाडौं/गण्डकी प्रदेशबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई अनिच्छा भएपनि पदमा बसिरहनु परेको जनाएका छन्।

सोमबार बसेको मन्त्री परिषद् बैठकले पदमुक्त गरेपछि पोखरमा पत्रकार सम्मेलन गर्दै शेरचनले भने, 'म पहिले नै राजीनामा बुझाउन गएको थिएँ, त्यसबेला प्रचण्डले रोक्नुभयो।'

अनिच्छा हुँदाहुँदै पनि पदमा बस्न बाध्य भएको उनले जनाए। आफूलाई पहिला प्रमुखको पदमा प्रचण्डले पठाएको नभएर साविक नेकपाले पठाएको शेरचनले उल्लेख गरे।

'मैले संविधानलाई हेरेर मात्रै काम गरेँ, त्यसैले मलाई प्रदेश सरकारबाट कार्यकालमा कुनै असहयोग भएन,' उनले प्रश्न गर्दै भने, 'अहिलेको राजनीति नै निरङ्कुशतातिर गइरहेको छ, नत्र अहिले मलाई निकाल्नुपर्ने कारण के हो?'



Share Your Thoughts