सांसदहरूको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने



access_time 04 May 2021

काठमाडौं/संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने भएको छ।

पीसीआर परीक्षणका लागि उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नयाँ बानवेश्वरस्थित् संसद भवनमा अनिर्वाय उपस्थित हुन अनुरोध गरिएको छ। वैशाख २७ गते संसद अधिवेशन बोलाइएकाले सांसद र कर्मचारीहरूको कोरोना परीक्षण गर्न लागिएको हो। सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको पनि कोरोना परीक्षण गरिने जनाइएको छ। 




Share Your Thoughts