सरकारले सर्बोच्च अदालतको अपमान गर्दै वास्तोलालाई गेटबाटै झ्याँईकुटी पारेर लग्यो



access_time 22 Feb 2021

काठमाडौँ/  सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले सर्बोच्च परिसरवाटै पुनः गिरफ्तार गरेको छ । सर्वोच्चले आज बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो । बाँस्तोलालाई अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।

पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।



Share Your Thoughts