मन्त्री अर्याल विकास कति भयो आफ्नै गाउँठाउँमा हेर्न आग्रह



access_time 22 Feb 2021

स्याङ्जा/ कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केहि गरेन भन्नेहरुका लागी मन्त्री अर्यालले भन्नुभयो, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिव्र अगाडि छ ।’

स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्नुहुँदै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने जनानुभएको हो । दिनलाई रात बनाउन दुश्साहस गर्नेहरु यो सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक पालिकामा बृहत खानेपानी योजना सुरु भएका छन् ।

यहि सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् ति मध्ये केहि सकिए केहि निर्माणाधिन छन् ।’ सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पु¥याउन होस या स्वच्छ पिउने पानी घरघरमा पु¥याउन सरकार जनतासंग प्रत्यक्ष जोडिएको उहाँले बताउनुभयो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उहाँले सोमबार शिलन्यास गर्नुभएको हो । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने उल्लेख छ ।

गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माण जिम्म लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो ।

१.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाई रहेने छ । १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिनुभयो । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।



Share Your Thoughts