डडेल्धुरामा आपुर्तिमन्त्री भट्टलाई कालो झण्डा



access_time 13 Jan 2021

काठमाडौं- उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएर विरोध गरिएको छ।     

सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड–माधव गूटका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो। भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो।     

भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए। भट्टलाई  ‘लाल गद्धार’को संज्ञा दिएका थिए।



Share Your Thoughts