प्रतिनिधि सभा विघटनविरूद्ध नेविसंघको ‘दौड जुलुस’



access_time 13 Jan 2021

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेविसंघले दौड जुलुस गर्ने भएको छ। 

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज जिल्ला समितिहरूलाई परिपत्र गर्दै दौड जुलुस, सिठ्ठी जुलुसलगायत विरोध कार्यक्रम गर्न निर्देशन दिएका छन्।  माघ २ गते नेविसंघले ७७ जिल्लामा दौड जुलुस गर्ने उनले बताए। यस्तै माघ ७ गते सिठ्ठी जुलुस गर्ने नेविसंघले जनाएको छ। 

कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउन अध्यक्ष ढुंगानाले नेविसंघलाई निर्देशन दिएका छन्।  नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाका अनुसार प्रधानमन्त्री ओलीको असंवैधानिक र सर्वसत्तावादी प्रवृत्तिको नेविसंघले विरोध गर्न लागेको हो। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। यो मुद्दा सर्वोच्चमा विचाराधीन छ।



Share Your Thoughts