विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ


अगर बत्ती

access_time 21 Nov 2020

ललितपुर-शुक्रबार राति ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । सरकारबाट प्रतिबन्धित विप्लव नेकपाका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको जनाएको छ । 

दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।


प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव नेतृत्वको नेकपा केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको जनाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेकपाले ३ दिनसम्म पार्टीको स्थापना दिवसको सातौं बर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल नेकपाको मुभमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 


Prabhu bank

Share Your Thoughts