डबल नेकपा सरकारद्वारा देशकाे दाबी गर्न सकेन : प्रकाशमान


अगर बत्ती

access_time 17 Oct 2020

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डबल नेकपा सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको जनाएका छन् ।  हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको जनाए ।   

नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै उनले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ।’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको जनाए ।  हाल ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै उनले त्यसको निष्पक्ष छानबिनको माग गरे ।

जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनले जनाए ।  कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातन्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने जनाए ।

Prabhu bank

Share Your Thoughts