बैतडीमा ७० वर्षीय वडाध्यक्ष केशव मडैको मृत्यु


अगर बत्ती

access_time 16 Oct 2020

कैलाली - बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।     वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।   

Prabhu bank

Share Your Thoughts