प्रचण्डद्वारा स्व. बोगटीलाई श्रद्धान्जली अर्पण



access_time 15 Sep 2020

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन्। पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो।   

निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झिएका थिए। बोगटीको स्मृतिमा वृहत कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो।

बोगटीले तत्कालीन माओवादीमा प्रचण्डका अत्यन्तै निकट भएर काम गरेका थिए। बेला-बेला पार्टीमा अप्ठ्यारो पर्दा प्रचण्डले बोगटीलाई सम्झिने गरेका छन् ।

Prabhu bank

Share Your Thoughts