नपढाईकनै शुल्क उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी



access_time 15 Sep 2020

काठमाडौं अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीले कोरोनाको महामारीमा शैक्षिक संस्थाहरूले नपढाईकनै शुल्क उठाउन ताकेता गरेर अभिभावकलाई मानसिक दबाब दिएकाले रकम उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

क्रान्तिकारी रूपन्देहीकी कावा अध्यक्ष इन्दु वलीले सोमबार प्रेस विज्ञप्ति जारी गरी जिल्लामा शैक्षिक विकृतिबारे सरोकारवालाहरूसँग निरन्तर छलफल र अन्तरक्रिया हुँदै आएको भन्दै सङ्गठनको नीति र आग्रहलाई परबाह नगरी बुटवलस्थित न्यु होइराजन मावि, दीप बोर्डिङ स्कुल, एभरेस्ट बोर्डिङ स्कुललगायत निजी विद्यालय र त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेज, सामुदायिक विद्यालयहरू कालिका मानवज्ञान मावि, कान्ति मावि, सिद्धार्थ गौतमबुद्धलगायत विद्यालय तथा कलेजहरूले सूचना जारी गरी शुल्क असुल्नु निन्दनीय भएको जनाएकी  छिन् । 

विज्ञप्तिमा निजी विद्यालयको यस हर्कतका विरुद्ध सङ्गठन सङ्घर्षमा उत्रिने बताउँदै यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनीसमेत दिएकी छिन् ।

Prabhu bank

Share Your Thoughts