बरिष्ठ नेता माधवकुमार नेपालका सात अङ्गरक्षकलाई कोरोना


अगर बत्ती

access_time 22 Aug 2020

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए ।

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले  जनाए ।



Share Your Thoughts