यसरी रोकियो सत्तासीन नेकपाको फूट , बिभाजनको दुर्घटनाबाट बामदेवको ब्रेक , प्रचण्ड र नेपाल पनि थान्को लाग्ने अवस्था बिकसित



Dharana     remove_red_eye 73

access_time 30 Jul 2020

काठमाडौं । सत्तासीन नेकपा बिभाजनको दुर्घटनाबाट बचेको छ । पार्टी अध्यक्ष द्वेय प्रधानमंत्री केपी ओली र प्रचण्डबीचको कुर्सी दौडको खेल स्थगित भएको छ । बामदेव गौतमले कुशल रेफ्रीको भूमिकामा आफूलार्ई प्रश्तुत गरेपछि कुर्सी दौडमा ब्रेक लागेको छ । गौतमले प्रश्तुत गरेको ६ बुँदे प्रश्तावले प्रधानमंत्री केपी ओलीलाई संकटबाट बचाउन सहयोग पुगेको छ । 

 केपी ओली मंगलबार साँझ बामदेव गौतमको निवासमा पुगेर गौतमप्रति आभार ब्यक्त गरेका छन् ।  । श्रीमती राधिका शाक्यसहित ओली गौतम परिवारसँग भलाकुसारी गर्दै डिनरमा समेत सहभागी भएर एकताको सन्देश दिएका छन् ।  

बामदेव परिवारका सबै सदस्यहरुलाई ओलीले भैंसेपाटीमा भेटेर पारिवारिक आत्मियतासमेत दर्शाएका छन् । बामदेव पत्नी तुलसा थापा, छोरा हरिस, छोरी विजिता , बुहारी तारा , नातिनी आलिसासमेतलाई भेटमा सरिक गराएर फोटो खिचेर सार्वजनिक गर्ने कामसमेत भयो ।  

महाकाली सन्धि पास गर्ने वा नगर्ने भन्नेबारेको बिबादमा तत्कालीन एमालेलाई बिभाजन गराएको आरोप खेप्दै आएका बामदेव गौतमले यसपटक पार्टीलाई बिभाजन हुनबाट रोक्न सफलता हासिल गरेका छन् । पार्टी बिभाजनको संघारमै पुगेका बेला गौतमले छ बुँदे प्रस्ताव अध्यक्ष ओली र प्रचण्डलाई बुझाएपछि नयाँ माहोल सृजना भएको हो । गौतमको प्रस्तावमा ओलीले सहमति जनाएका छन् । ओलीको भैंसेपाटीमा उपस्थिति यसैको सन्देश भएको ओली निकटहरुको भनाई छ ।   गौतमले छ बुँदे प्रस्तावमा ओलीलाई पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन दिने, पार्टीमा अर्ली महाधिवेशन गर्ने गरी ओलीलाई अध्यक्षमै राखेर पार्टीको कार्यकारीसहित सम्पूर्ण जिम्मेवारी प्रचण्डले निभाउने गरी प्रस्ताव गरेका छन् । 

बामदेवबाट प्रस्तुत गरिएको प्रस्ताव सबैको लागि आश्चर्यको विषय भएको छ । तर यस्तो प्रस्तावको लागि बामदेव गौतम कसरी तयार भए भन्नेबारे भने धेरैमा स्पष्टता छैन । पार्टीको सचिवालय बैठकमा बामदेवले जतातिर कोल्टे फे¥यो त्यतैतिर बहुमत पुग्ने अवस्थाले बामदेवलाई एक किसिमको निर्णायक व्यक्तिवको हैसियत प्राप्त छ । यही हैसियतको कारण गौतमले आपूmलाई सन्तुलनकारी भूमिकामा प्रस्तुत गर्दै आएको देखिन्छ ।

गौतमलाई छ बुँदे प्रस्तावको अवस्थासम्म आइपुग्न पार्टीभित्रको गुटबन्दीले निक्कै प्रभावित तुल्याएको देखिन्छ । 

सरकार परिवर्तनको एजेण्डालाई मुख्य एजेण्डा बनाएर शुरु भएको नेतृत्वबीचको अन्तरकलहले अन्ततः पार्टीलाई नै विभाजनको अवस्थामा पु¥याउने स्थिति विकसित भएपछि दोस्रो पुस्ताका नेताहरुको दौडधुप निक्कै बढ्यो । यसैक्रममा पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलसमेत काठमाडौंमा अड्डा जमाएर बस्नु पर्ने अवस्था रह्यो । शंकर पोखरेलले विशेष रुपमा पार्टी विभाजनबाट बचाउने भूमिकामा आपूmलाई सकृय बनाएको पाइयो । पोखरेलले आपूm आप्mनो जिम्मेवारीबाट अलग भएरै पनि पार्टीलाई विभाजन हुनबाट बचाउने संकल्प लिएर नेताहरुका घर—घर दौड लगाएका थिए । बामदेव गौतमलाई शंकर पोखेरले लगायतका दोस्रो पुस्ताका नेताहरुले पटक—पटक भैंसेपाटीस्थित गौतम निवासमा बैठक गरेका थिए । दोस्रो पुस्ताका नेताहरुले गौतमलाई आगामी महाधिवेशनमा पार्टीको अध्यक्षमा प्रस्ताव गर्दै बर्तमान संकटबाट पार्टीलाई बचाउन अनुरोध समेत गरेका थिए ।

यसैबीच डबल नेकपाको आगामी महाधिवशेन पछिको रणनीतिक नारा जनताको बहुदलीय जनवाद हुने वा जनताको जनवाद हुने भन्ने विषयले हालै देखि बहस प्रारम्भ गरिसकेको छ । प्रचण्डले आपूmलाई  जबज विरोधीको रुपमा  प्रस्तुत गर्दै आएको अवस्था बीच जबज पक्षधर रहेका  माधव नेपालसँगको सहकार्य कति दीगो बन्ने हो भन्ने विषयले प्रचण्ड नेपालको समूह अल्पकालीन हुने देखिएको छ । यो अवस्थाले पनि जबजका  व्याख्याकारसमेतको हैसियत बनाएका बामदेव गौतमलाई अहिलेको अवस्थामा प्रस्तुत हुन बाध्यता भएको देखिन्छ । बामदेव गौतमले जनताको बहुदलीय जनवाद बारेमा पुस्तक समेत प्रकाशित गर्नु भएको छ । यसै अर्थमा गौतमलाई दोस्रो पुस्ताका नेताहरुले अभिभावकको भूमिकामा प्रस्तुत हुन अनुरोध गरेपछि गौतम सामु निर्विकल्प रुपमा पार्टीलाई विभाजनबाट बचाउने भूमिकामा प्रस्तुत हुन परेका बुझिन्छ । – जनधारणा साप्ताहिकबाट



Prabhu bank

Share Your Thoughts