नेकपा स्थायी कमिटी बैठक आज बस्दै



Dharana     remove_red_eye 24

access_time 28 Jul 2020

काठमाडौं । सत्तारुढ डबल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो।

पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन।

आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र  प्रचण्ड बसेर सहमतिको प्रयास गर्ने जनाइएको छ। त्यसपछि बैठक बस्ने या नबस्ने तय हुनेछ। 

 

Prabhu bank

Share Your Thoughts