ओली बिरोधी मोर्चाले अब निर्णय बहुमतबाटै गर्ने



Dharana     remove_red_eye 52

access_time 27 Jul 2020

काठमाडौं । डबल नेकपाभित्रको किचलो बढिरहेको बेला  प्रम केपी ओलअं बिरोधी भेलाले विवाद समाधानको निकास बहुमतबाट खोज्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेलाले पार्टी विवाद समाधानको उपाय बहुमतबाट गर्ने निर्णय गरेको हो ।

भेलामा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहितका केही स्थायी कमिटी नेताहरुको सहभागिता थियो । गत असार १० देखि जारी स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण अनिश्चित बन्दै गएको बेला भएको भेलाले बहुमतबाट निर्णय गर्ने गरि निष्कर्ष निकालेको हो ।

भेलाले मंगलबार बोलाईएको स्थायी कमिटी बैठक रोक्न नदिने निष्कर्ष पनि निकालेको छ । आजको भेलामा उपाध्यक्ष वामदेव गौतमको भने उपस्थिति थिएन ।                                                                    गत असार १० देखि सुरु स्थायी समिति बैठक आन्तरिक विवादका कारण असार १८ देखि लगातार स्थगित हुँदै आएको थियो । बैठक ८ पटकसम्म स्थगित भएको थियो । सहमतिका लागि भन्दै यसअघि असार २०, २२, २४, २६ र साउन २ र ४ मा स्थगित भएको थियो । गत असार ६ मा बसेको स्थायी समिति बैठक पनि एजेण्डामै प्रवेश नगरी स्थागित भएका थिए ।


Prabhu bank

Share Your Thoughts