काठमाडौं / नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले सीमामा काडेतार लगाएर भए पनि दीर्घकालीन समाधान खोज्नु पर्ने बताएका छन् ।
सोमबारको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भिडियो कन्फ्रेन्समार्फत् तत्काल वार्ता गर्नको लागि पनि आग्रह गरेका छन् । भारतले मानसरोवार जाने बाटो एकतर्फीरुपमा खुलाएपछि पुनः विरोध चर्किएको छ ।