काठमाडौं । सत्तासीन दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डले स्थायी कमिटी बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
बालुवाटारमा हिजो बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि र आक्रोशपछि बिहीबारका लागि पूर्व निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको थियो । गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको भन्दै अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको रहेको प्रतिक्रृया दिएका छन् । उनले अर्का अध्यक्ष ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको जनाएका छन् ।
संसद भवनमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने अलि गृहकार्य नपुगेकैले दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र छलफल गरेर बोलाउँने जानकारी गराए । अध्यक्ष प्रचण्डले आजै mसंसद सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सकिने वातावरण बनेको जनाए ।
संघीय संसदका सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि कोरोना संक्रमणका कारण परीक्षणका लागि स्वाव संकलन गरिएको हो । भालि बिहिबारदेखि संसद बैठक बोलाईएको छ ।