एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू


अगर बत्ती

Dharana    

access_time 23 Sep 2022

 काठमाडौं । एन आइ सी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी  मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् । साथै एन आइ सी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एन आइ सी एसिया मोबैंक -NIC ASIA MoBank_ एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुबिधा सुरु भएसंगै एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको छ ।




Share Your Thoughts