सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश


अगर बत्ती

Dharana    

access_time 23 Sep 2022

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।  कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

हाल कमपनीको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।



Share Your Thoughts