नाला उग्रचण्डी भगवती मन्दिर पुनः निर्माण गर्न शिलान्यास


अगर बत्ती

Dharana    

access_time 01 Sep 2022

काभ्रे । नेपालकै एक मात्र ४ तल्ले भगवतीको मन्दिर श्री उग्रचण्डी भगवती माताको मन्दिर पुनः निर्माण कार्यको आज शिलान्यास भएको छ ।

उक्त  कार्यक्रमको शिलान्यास पुरातत्त्व बिभागको सिभिल इन्जिनियर मोहन सिंह लामाले गर्नु भएको छ ।

यसैक्रममा इन्जिनियर यमुना महर्जन, बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले पनि शिलान्यास कार्यक्रमलाई साथ दिनु भएको काभ्रेका पंचम सरकारले जानकारी दिनु भएको छ।

नेपालका प्रख्यात अथवा प्रसिद्ध चार भगवती मध्य नाला उग्रचण्डी भगवती पनि एक हो । बनेपा नगरपालिका वडा नं.४स्थित लागन टोलमा रहेको छ । मल्लकालिन उक्त्त मंदिर निकैइ कलात्मक रहेको छ ।

७२ सालको भुकम्पमा उक्त मन्दिरलाई क्षति पुगेकोले हाल सो मन्दिरलाई पुर्णरुपमा भत्काएर पुन निर्माण गर्न लागेको हो । मन्दिरको निर्माण पुरानै शैलीमा बनाउने कुरा निर्माण पक्षले जानकारी दिनु दिनुभएको छ ।



Share Your Thoughts