वीरगञ्ज भन्सारबाट छिरेको चामल लोड भएको ट्रकमा लाखौँको सुर्ती र पानमसला बरामद


अगर बत्ती

Dharana    

access_time 18 Aug 2022

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजक नभएको लताकपडा तथा सुर्ती पान मसाला लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।  प्रहरीले वीरगञ्ज महानगरपालिका–६ माईस्थान चोक स्थित सडकखण्डमा ना.६ ख ४३४५ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्दा सोमा लोड रहेको बिल बिजक भन्दा बढीको लता कपडा बरामद गरेको थियो।   खुद्रा सामान लोड गरिएको ट्रकमा बरामद गरिएको लताकपडालाई ५४ लाख ५ हजार ६३८ मूल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसनधान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।  यसैगरी, प्रहरीले चामलको बिल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएको सुर्ती, चेरी पानमसला र चैनी पानमसला बोकेको ट्रक पनि नियन्त्रणमा लिएको छ।  प्रहरीले वीरगञ्ज–२१ परवानीपुर स्थित ना ८ ख ३४२६ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा सोमा लोड रहेको चामलको बिल मात्र रहेको र अन्य सामान बिना प्रज्ञापन पत्रको रहेको पाइएको पर्साका प्रहरी प्रबक्ता प्रहलाद कार्कीले जानकारी दिए।  ट्रकबाट प्रहरीले प्रज्ञापन पत्र बिनाको सुर्ति १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बरामद गरिएको उनले बताए।  नियन्त्रणमा लिइएको सामानको मूल्या‌ंकन ३८ लाख ६० हजार एकसय गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको कार्कीले बताए ।



Share Your Thoughts