काेराेना संक्रमित एकैदिन ८ सय ५२ जना थपिए


अगर बत्ती

Dharana    

access_time 17 Aug 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीन हजार ८७६ पीसीआर परीक्षण गर्दा ५३१ र दुई हजार ५०७ जनाको  एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४६२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



Share Your Thoughts