आज कीर्तिपुरका आराध्यादेव बाघ भैरवको जात्रा


अगर बत्ती

Dharana    

access_time 17 Aug 2022

काठमाडौं । काठमाडौंबाट करिव ७ किलाेमिटर टाढा रहेकाे धार्मिक, एैतिहासिक तथा सांस्कृति रूपले महत्वपूर्ण मानिएका दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ।   

प्रत्येक वर्ष  भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने  यस जात्राका लागि  आज बिहानै बाघभैरवको मूर्तिलाई  ८ बजेदेखि १० बजेसम्म नजिकैको पोखरीमा विधिपूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो। करिव  ११ बजेदेखि दिउँसाे ५ सम्म तान्त्रिक पुजा सम्पन्न भएपछि  कीर्तिपुर डाँडामा रथ परिक्रमा पश्चात रातकाे १२ बजेसम्म जात्रा सम्पन्न गरिने बाघ मन्दिर गुथि व्यवस्थापन समितिका अध्यक्ष शुद्व महर्जन जानकारी गराए ।  

साे जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने र विभिन्न रोगबाट मुक्त भई सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आजकै दिन बाघभैरव मन्दिर १०८ परिक्रममा गर्ने चलन रहेकाे छ । 

साे जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर तथा पांगा, नगाउँका लगायतका ठाउँहरूका श्रद्धालु भक्तजनको  घुईँचो लाग्ने गर्दछ । 


 




Share Your Thoughts