न्यादी हाइड्रोपावर कमाई १ करोड ३७ लाख रुपैयाँ


अगर बत्ती

Dharana    

access_time 16 Aug 2022

नेपाली पैसा  काठमाडौं : न्यादी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २ करोड १९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले उत्पादन सुरु गरेको थिएन । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नाले नाफा बढेको हो ।   

न्यादीको चुक्ता पुँजी १ अर्ब ५० रुपैयाँ रहेको छ । रिजर्भ ८ करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा ८ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ १० पैसा कायम भएको छ ।

अघिल्लो वर्ष २ रुपैयाँ ०१ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३१ पैसा छ ।  



Share Your Thoughts