उपत्यका बाहिर चितवनमा पहिलो पटक श्वेता रक्तदान अभियान


अगर बत्ती

Dharana    

access_time 12 Aug 2022

काठमाडौं । श्वेता रक्दात अभियान अन्तर्गत  काठमाडौं उपत्यका बाहिर चितवनमा पहिलो पटक रक्तदान कार्यक्रम यहि आउँदो श्रावण २९ गते आइतबार हुने भएको छ । 

रक्तदाता अभियान्ता श्रेष्ठका अनुसार आफूले मानवीय सेवानै सबैभन्दा ठूलो धर्म ठानेर कोही पनि रगतका अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ वि.सं. २०७७ माघ २० गतेदेखि  हालसम्म करिब १८० पटक रक्तदान कार्यक्रम गरी २७०० युनिट रगत सङ्कलन गर्न सफल भएकाले चितवनमा स्वास्थ्य सेवा विस्तारसँगै रगत अभाव कारण रक्तदान कार्यक्रमहरू साथै रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम  बढाउनुपर्नेमा रक्तदाता अभियान्ता श्रेष्ठ जनाइन् । 

प्रादेशिक रक्त सञ्चार भरतपुर चितवन नेपाल रेडक्रसको सोेसाइटीको प्राविधिक सहयोग तथा राम बहादुर गुरुंगको (बुलेट) को सहयोगमा रक्तदान  शारदानगर १८ वडा बखनटासिलिङ गुम्बामा  बिहान ८—१२ बजेदेखिसम्म हुने  रक्तदान कार्यक्रममा सम्पूर्ण स्थानीयबासिन्दाहरुलाई सहभागी हुन अनुरोध गरेकीछिन् । 






Share Your Thoughts