पेलोसीको भ्रमणपछि चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास


अगर बत्ती

Dharana    

access_time 09 Aug 2022

एजेन्सी – चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो।

अमेरिकी वरीयताक्रममा राष्ट्रपति र उपराष्ट्रपतिपछि रहेकी पेलोसीको भ्रमणपछि वासिंगटनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृंखला समाप्त पारिदिएको छ। विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा गरिएका सहयोग सम्झौता अन्त्य गरिदिएको हो।

ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरू पनि तैनाथ गरेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन्।



Share Your Thoughts