आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुला हुन सकेन


अगर बत्ती

Dharana    

access_time 07 Aug 2022

काठमाडौं ।  हिमालयन हाइड्रोपावर कम्पनीको सेयर कारोबार आइतबार खुला हुन सकेन । स्पेसल प्रि ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।

यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था रहेको छ । अब सोमबार अर्डर म्यच भएमा मात्र हिमालयनको नियमित कारोबार खुल्नेछ ।   

हिमालयनको चुक्ता पुँजीका आधारका कायम १ करोड ९ लाख ५० हजा कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसा तोकेकोे छ । सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । ‘एचएचएल’ संकेतमा यसको कारोबार खुला हुनेछ ।



Share Your Thoughts