यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला


अगर बत्ती

Dharana    

access_time 06 Aug 2022

एजेन्सी ।अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् ।

डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।     

उनको दायाँ हातको बुढी औँला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।



Share Your Thoughts