काठमाडाैँ- नुवाकोटमा भूकम्प गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क्षतिकाे विवरण भने आउन बाँकी नै छ। भूकम्पको धक्का काठमाडौँलगायतका विभिन्न स्थानमा महसुस गरिएको थियो।