क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ


अगर बत्ती

Dharana    

access_time 05 Aug 2022

काठमाडाैं । कामदार भिसामा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडाैँमा बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्।   शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने भन्दै ७ लाख रुपाैयाँ लिएर फरार भएकी थिइन्। उनले क्यानडा जानकाे लागि १४ लाख रुपैयाँ लाग्ने र क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइने २ लाखभन्दा बढी तलबकाे हुने प्रलाेभन देखाइ ७ लाख रुपाैयाँ ठगी गरेकाे प्रहरीले जनाएकाे छ।



Share Your Thoughts