नेपालभाषालाई कामकाजि लागि मन्त्रीदेखि आयोगमा डेलिगेशन


अगर बत्ती

Dharana    

access_time 02 Aug 2022

काठमाडाैं । कामकाजि भाषाका लागि मन्त्रीदेखि भाषा आयोगमा समेत डेलिगेशन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश (उपत्यका विशेष प्रदेश) को नेतृत्व संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीदेखि भाषा आयोमा समेत डेलिगेशन गएका छन् ।

भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामाजि भाषाको रुपमा लागू गराउनका लागि आइतवार संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको कार्यालयमा पुगी भाषा आयोगको सिफासिर अनुसार कार्य अगाडी बढाउनका लागी विशेष भूमिका निर्वाह गर्न अनुरोध गरेको थियो ।

सो क्रममा मन्त्री श्रेष्ठले भाषा आयोगको सिफासिर अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषाको रुपमा लागू गराउन भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाउनु भएकोमा थियो । त्यसका लागि वाग्मती प्रदेशसंग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने समेत बताउनु भएको थियो ।

साउन १५ गतेको सो डेलिगनमा  नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, उपाध्यक्ष प्रा. डा. अमिता प्रधान शाक्य, मुख्य सचिव गणेशमान श्रेष्ठ, सचिव गंगादेवी महर्जन र ताखाका समाजसेवी अष्टनारायण डंगोल सहभागी भएका थिए । 

त्यसैगरि साउन १६ गते सोमवारको दिनमा भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषा वाग्मती प्रदेशमा सरकारी कामकाजि भाषाको रुपमा लागू गराउने सवालमा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका पदधिकारी तथा जिल्ला अध्यक्षहरु भाषा आयोगमा पुगी भाषा आयोगका सदस्य भाषाविद् अमृत योञ्जनसंग छलफल गर्ने काम भयो । सो क्रममा संघीय सरकाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाग्मती प्रदेशमा पठाएको पत्रको नक्कल समेत हस्तान्तरण गर्ने काम भयो । सो क्रममा आयोगका सदस्य योञ्जनले नेवाः र तामाङ समुदायको मातृभाषा वाग्मती प्रदेशमा कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्नका लागि आफूले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, मुख्य सचिव गणेशनमान श्रेष्ठ, सचिव गंगादेवी महर्जन, सदस्य अधिवक्ता नरेश श्रेष्ठ, काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिला, ललितपुर जिल्ला अध्यक्ष हेराकाजि महर्जन लगायत सहभगी भएका थिए ।



Share Your Thoughts