शान्ती श्रीको मौलिक तीज गीत 'हा बरै हा हा' सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 02 Aug 2022

काठमाडाैं ।  सुरेन्द्र बसेलको निर्देशनमा टि एन आचार्यको मौलिक तीज गीत 'हा बरै हा हा' सार्वजनिक महिलाहरुको महान चाड तीज नजिकिए संगै यससंग सम्बन्धित गीत र भिडियोहरु आउने क्रम पनि जारी छ ।   यसै क्रममा शान्ती श्री परियारको आवाजमा सजिएको 'हा बरै हा हा' बोल रहेको तीज गीत सार्वजनिक भएको छ । 

 गीतमा टी एन आचार्यको शब्द, लक्ष्मण पोखरेलको संगीत, अशोक थापाको संगीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ मिक्सिङ र मास्टरिङग   रहेको छ । 

 बहुप्रतिभाका धनी कोरियाग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा अभिनयमा उनलाई अहिले कि व्यस्त मोडेल बिना राउतले साथ दिएकी छिन ।     

भिडियोलाई पवन सुस्लिङ एण्ड टिमको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ असिस्टेन्ट कोरियोग्राफी देव दोर्जे लामाको रहेको छ ।   भिडियोलाई दि टिम प्रोडक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।




Share Your Thoughts