एकैदिन कोरोना संक्रमित थपिए ४५७ जना


अगर बत्ती

Dharana    

access_time 18 Jul 2022

काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागेको छ । सोमबार एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा थप एक जनाको मृत्यु भएको छ । 

४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ र एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै, यही अवधिमा थप ४८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।



Share Your Thoughts