२४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


अगर बत्ती

Dharana    

access_time 16 Jul 2022

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। 

 शनिबार ५१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन्। 

गत चौबीस घन्टामा १ हजार १९९ पीसीआर तथा १ हजार ८९१ एन्टिजेन परीक्षण भएको छ।



Share Your Thoughts