८० राउण्ड गोलीसहित एक पक्राउ


अगर बत्ती

Dharana    

access_time 14 Jul 2022

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।     

गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान,  घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।   

उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संग्लन व्यक्तिको खोजीका क्रममा मङ्गलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।   

उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



Share Your Thoughts