एउटै डोरीमा झुण्डिएको अवस्थामा कास्कीको जंगलमा महिला–पुरुष मृत फेला


अगर बत्ती

Dharana    

access_time 14 Jul 2022

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक महिला र एक पुरुष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काभ्रेको बनेपाका ३२ वर्षीय दिवाकर थापा र बनेपाकै २८ वर्षीया सुदीना कर्माचार्य एउटै डोरीको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन्।   अन्नपूर्ण गाउँपालिका –७ को पानीखाल्टी गौंडा भन्ने ठाउँमा जंगलमा उनीहरु रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार मृत भेटिएका दुबै जना विवाहित हुन्। दिवाकरकी श्रीमती अध्ययनका लागि विदेशमा रहेको र सुदीनाका श्रीमान् बनेपामै रहेको बताइएको छ। विवाहेत्तर सम्बन्धका कारण उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।  पोस्टमार्टमपछि उनीहरुको शव आफन्तले बुझेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Share Your Thoughts