हलेसीमा पाँच मिटर लामो अजिङ्गर फेला


अगर बत्ती

Dharana    

access_time 11 Jul 2022

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ। 

डिकुवाको छोम्पाङस्थित एक स्थानीयको घरमा खाटमुनि (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिए। 

राईका अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टामा बेरिइरहेको अवस्थामा अजिङ्गर भेटिएको थियो। मानिसले देखेपछि केही समयसम्म पनि अजिङ्गर कतै नगएपछि स्थानीयले पूजा गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छोडिदिएको राईले बताए।  अजिंगर करिब ५ मिटर लामो रहेको उनको भनाई छ।

अजिङ्गर ठूलो सर्प हो। यो प्रायः घना जंगलमा बस्छ। यो रुखको ठूलाठूला मुढा र सुकेको पातहरूमा लुकेर बढ्दछ। यो कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपास घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन्।  ​खोटाङमा भने आजसम्म यति ठूलो अजिङ्गर नदेखिएको नागरिकको भनाइ छ।



Share Your Thoughts