एकैदिन कोरोना संक्रमित ९८ जना थपिए


अगर बत्ती

Dharana    

access_time 08 Jul 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।     

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्‍ये ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् ।   

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७३३ पुगेको छ ।  योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।



Share Your Thoughts