थप ४४ जनामा कोरोना संक्रमण, ३१४ जना सक्रिय संक्रमित


अगर बत्ती

Dharana    

access_time 02 Jul 2022

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।   शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३१४ जना सक्रिय संक्रमित रहेका छन्।  गत चौबीस घन्टामा १ हजार २०१ पीसीआर तथा १ हजार २६६ एन्टिजेन परीक्षण भएको छ।



Share Your Thoughts