काठमाडौँ – श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङअन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले युवकलाई पक्राउ गरेको प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बताए।
उनका अनुसार मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिइएको हो। शुक्रबार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीया श्रीमती बबिता मल्लिलाई मट्टीतेल छर्केर आगो लगाइ फरार भएका थिए। घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।