बैंकिङ कसुर गर्ने एक महिलालाई बिहीवार टेकुबाट पक्राउ


अगर बत्ती

Dharana    

access_time 30 Jun 2022

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने एक महिलालाई बिहीवार टेकुबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जन हुनुहुन्छ ।  ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले योन्जनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।  उच्च अदालत पाटनले पक्राउ परेकी योन्जनलाई विसं. २०७९ जेठ २७ गते तीन दिन कैद र ७० लाख रुपियाँ जरिवाना हुने फैसला गरेको थियो ।  अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय एने, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ गरिएको योन्जनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।



Share Your Thoughts