‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ आयो


अगर बत्ती

Dharana    

access_time 30 Jun 2022

काठमाडाैं । एनआईसी एशिया बैंकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने नवीनतम योजना सार्वजनिक गरेको छ ।  ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ नाम दिइएको योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

  यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैंकले जनाएको छ ।   योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ -




Share Your Thoughts