आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


अगर बत्ती

Dharana    

access_time 26 Jun 2022

अर्घाखाँची । आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

घर नजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफै ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Share Your Thoughts